Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


का‌ग्रेस सभापति थापा र आयोगविरूद्ध मुद्दा लिएर देउवा पक्ष सर्वोच्चमा


923
Shares

काठमाडौं। नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्ष आइतबार दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्च अदालतमा पुगेको छ ।

आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू अदालतमा उपस्थित भएका हुन् । देउवा पक्षका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफूहरूलाई सोध्दै नसोधी अर्को पक्षलाई मान्यता दिने सर्वोच्चको निर्णयविरुद्ध रिट दर्ता भइसकेको बताउनुभयाे । उहाँले भन्नुभयाे,- ‘हाम्रो रिट दर्ता भइसकेको छ। सकेसम्म आजै उक्त रिट पेशीमा चढेर आदेश आउने अपेक्षा गरेका छौं । आइतबार सुनुवाइ नभए भोलि बिदा परेकाले पर्सि मंगलबार बिहानै सर्वोच्चले आयोगको निर्णयमा आदेश दिन सक्ने हामीले आशा गरेका छौं ।’

अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वका नेताहरू सर्वोच्चमा पुगेका छन्। आयोगलले गगनलाई मान्यता दिएपछि विघटित कांग्रेस केन्द्रीय कार्यसमितिको गत शनिबार सानेपामा बसेको बैठकले सर्वोच्च जाने निर्णय गरेको थियो । साेही रिटमा सर्वोच्चले यथाशक्य छिटाे आदेश दिनुपर्ने बाध्यता छ । यहि माघ ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन गर्ने समय तोकिएको छ। त्यसअघि नै कांग्रेसको विवादको छिनोफानो हुन सकेमा मात्रै आगामी फागुन २१ गतेको निर्वाचन पनि हुन सक्ने भएकाे हाे।

यदि कांग्रेसको विवाद लम्बिएर सर्वोच्चले आदेश नदिएमा निर्वाचन नै पछि धकेलिने जोखिम पनि बढेकाे छ।

Skip This