Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


नेपाल प्रहरीका ११ एसएसपीको पदस्थापन


546
Shares

काठमाडौं ।

नेपाल प्रहरीको जनपदतर्फका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा तथा पदस्थापन गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले शनिबार निर्णय गर्दै उनीहरूको सरुवा गरेको जानकारी दिएको हो। यससँगै हालै बढुवा भएका १० जना एसएसपीको समेत पदस्थापन गरिएको छ।

निर्णयअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ। उनको स्थानमा सन्तोष खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ।

प्रधान कार्यालयका अनुसार संगठनभित्र कार्यक्षमता अभिवृद्धि, नेतृत्व सन्तुलन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको हो।

अन्य सरुवा तथा पदस्थापन भएका एसएसपीहरूको विवरण भने छुट्टै सूचनामार्फत सार्वजनिक गरिने जनाइएको छ।