Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई ५ वर्षको जेल सजाय


130
Shares

काठमाडौं ।
दक्षिण कोरियाको सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले पूर्वराष्ट्रपति युन सुक–योललाई न्याय सम्पादनमा अवरोध पु¥याएको अभियोगमा पाँच वर्षको कारावासको फैसला सुनाएको छ ।

सन् २०२५ जनवरीमा भ्रष्टाचार विरोधी निकायले उनलाई पक्राउ गर्न खोज्दा युनले राष्ट्रपतिको सुरक्षा सेवालाई दुरुपयोग गरी अवरोध सिर्जना गरेको अदालतको ठहर छ ।

सो समयमा सुरक्षाकर्मीहरूले मानव ढाल र बसहरू प्रयोग गरी अनुसन्धानकर्ताहरूलाई राष्ट्रपतीय निवास प्रवेशमा रोकेका थिए । अदालतले युनले कानूनी प्रक्रियालाई आफ्नो निजी स्वार्थका लागि प्रयोग गरेको, प्रमाण नष्ट गर्ने प्रयास गरेको र आफ्नो गल्तीप्रति कुनै पश्चात्ताप नजनाएको उल्लेख गरेको छ ।

यद्यपि उनी पहिलो पटक अपराधी ठहरिएको तथ्यलाई ध्यानमा राख्दै ५ वर्षको सजाय तोकिएको हो । यो फैसला उनको विफल सैन्य शासन प्रयाससँग सम्बन्धित पहिलो फैसला हो । जबकि राजद्रोहको छुट्टै मुद्दामा अभियोजकहरूले उनलाई मृत्युदण्डको माग गरेका छन् ।