२२ वर्षको उमेरमै चिया पसल, ट्रेकिङ एजेन्सी, प्रोडक्सन हाउस र विभिन्न स्टार्टअप सञ्चालन गर्दै आएका युवा उद्यमी आविष्कार त्रिपाठी आज नेपाली युवामाझ प्रेरणाको स्रोत बनेका छन्। सानै उमेरदेखि यात्राप्रति रुचि राख्दै आएका त्रिपाठीले हालसम्म नेपालका ५० भन्दा बढी जिल्लाको यात्रा गरिसकेका छन्।

यात्रा र साहसिक गतिविधिलाई डिजिटल माध्यममार्फत प्रस्तुत गर्दै आएका अबिष्कारको इन्स्टाग्राम पेजमा हाल १ लाख ३० हजारभन्दा बढी फलोअर्स छन्। उनका भिडियोहरू हेरेर धेरै विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउने गरेका छन्। यसरी क्यामेरामार्फत नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र जीवनशैलीलाई विश्वसामु चिनाउन उनको महत्वपूर्ण योगदान रहेको छ।
सानै उमेरमै उल्लेखनीय सफलता हासिल गरेका त्रिपाठी भन्छन्,
“सफल हुन निरन्तरता (Consistency) र कडा मेहनत अत्यन्तै आवश्यक हुन्छ।”
उनको यही सोच र मेहनतले उनलाई युवा उद्यमीको रूपमा स्थापित गरेको हो।
नेपालमा बढ्दो चियाको संस्कृतिसँगै, करिब दुई वर्षअघि सुरु गरिएको उनको परियोजना ‘Wonderful Chai’ हाल पोखराको लेकसाइड (ड्यामसाइड) क्षेत्रमा पुरानो नेपाली शैलीमा सञ्चालनमा आएको छ। स्थानीय स्वाद, संस्कृति र परम्परालाई समेटेर खोलिएको यस चिया पसलले युवापुस्तामाझ छुट्टै पहिचान बनाएको छ। सानो उमेरमै यति धेरै उपलब्धि हासिल गर्नु हामी सबैका लागि ठूलो सिकाइ हो। अबिष्कार त्रिपाठीको यात्रा र संघर्षले नेपाली युवालाई सपना देख्न, जोखिम लिन र आफ्नै देशमा केही नयाँ गर्न प्रेरणा दिन्छ।






प्रतिक्रिया दिनुहोस्