Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


बढ्दै बैदेशिक लगानी प्रतिवद्धता


52
Shares

काठमाडौं ।
चालु आर्थिक वर्षको पछिल्लो महिनाहरुमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड बराबरको लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको ६ महिनामा ३ सय ५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो ।

गत आवको ६ महिनामा ३ सय ४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको ६ महीनामा ६ महिनामा ७ वटा ठूला, ८ वटा मध्यम र ४ सय ६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको जनाइएकाे छ ।

विभागकाअनुसार गत पुसमा मात्र ३६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यी उद्योगहरुबाट २० हजार १ सइ २२ रोजगारी सृजना हुने आँकलन गरिएको छ । विभागको तथ्यांकअनुसार साउन महिनामा मात्रै ५९ करोड ७५ लाख ६० हजार प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएकोमा भदौमा ३३ अर्ब ९ करोड २० लाख आएको थियो । यस्तै, इस अवधिमा सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ ।

सूचना प्रविधिमूलक क्षेत्रका २ सय ५७ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै, नेपालमा बिजनेस भिसा लिने विदेशी पनि बढेको पाइएको छ ।