Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


देवचुलीमा पिकअप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


156
Shares

काठमाडौं ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–११ आश्रम चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको गप्र०४-००१ प ९१०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका–८ घर भई हाल देवचुली नगरपालिका–९ मा मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा स्कुटर पछाडि सवार देवचुली नगरपालिका–८ निवासी २१ वर्षीय नारायण परियार घाइते भएका छन् र उनको उपचार भइरहेको छ। ठक्कर दिने पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।