Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


आज काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा बिजुली कटौती


273
Shares

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा अस्थायी रूपमा बिजुली कटौती गर्ने भएको छ । महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा प्राविधिक कार्यका कारण बिजुली आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवास क्षेत्रको वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेको छ । भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले बिजुली कटौती गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार पानीपोखरी फिडरअन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि सोही समयसम्म बिजुली आपूर्ति बन्द रहनेछ ।

सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेत प्रभावित हुनेछन् । प्राधिकरणले बिजुली कटौतीबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै तोकिएको कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा त्यसअघि नै बिजुली आपूर्ति सुचारु हुन सक्ने जनाएको छ ।