काठमाडाैं ।
कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सेरी पान्तडी सडकको सल्लेरीमा शुक्रबार बेलुका उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् ।
मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । भीरबाट तीन वटै शव निकालेर परीक्षणका लागि सदरमुकाम मान्म लैजाने तयारी भएको प्रहरीले जानकारी दिएकाे छ । गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा पुगेको थियो । जीप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्