काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएकाे छ ।
अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका हुन् । थापा समूह आयोग परिसरभित्र र देउवा समूह भने बाहिर धर्ना दिएकाे छ। बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन् ।
दुई समूहको धर्नाले आयोग बाहिर रहेको सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।





प्रतिक्रिया दिनुहोस्