काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार बिहान देशका तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागिरहेको हो । साथै पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित हुने भएको हो । कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।
त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाने भएको छ । साथै,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।





प्रतिक्रिया दिनुहोस्