काठमाडाैं ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।
बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द’विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ ४ बुँदे सहमति
सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने
जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने
आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने
भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने





प्रतिक्रिया दिनुहोस्