काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुद आफूहरू कांग्रेस र देशलाई रूपान्तरण गर्ने अभियानमा अडिग रहेको बताएका छन् ।
नेपाली कांग्रेसले उनलाई र अर्का महामन्त्री गगन थापालाई कारबाही गर्ने निर्णय गरेपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्, ॅमेरो प्रतिक्रिया केवल यत्ति छ—कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ । विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।’
शर्माले यसका साथै सहमतिका लागि नेतृत्वसमक्ष पेश गरिएका ८ बुँदालाई सार्वजनिक गर्दै ती बुँदामध्ये कुन कांग्रेस र देशको अहितमा थियो वा छ भन्ने प्रश्न समेत उठाएका छन् । पार्टी सुधार र नेतृत्व रूपान्तरणका लागि आफूहरूको पहललाई कारबाहीबाट रोक्न नसकिने संकेत उनको प्रतिक्रियामा देखिएको छ ।





प्रतिक्रिया दिनुहोस्