Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


राजावादी प्रदर्शनका लागि एसएमएस पठाउने सेढाईं पक्राउ


3.3k
Shares

काठमाडौं ।

राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक रूपमा एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा एकै पटक करिब ५० लाख जनालाई सन्देश पठाएका थिए। यसका लागि उनले दूरसञ्चार कम्पनीहरूसँग सम्झौता गरेको र दुई कम्पनी प्रयोग गरी करिब एक करोड रुपैयाँ खर्चिएको दाबी गरेका छन्।

अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। चितवनका सेढाईं कार व्यवसायमा संलग्न छन् भने उनको पेट्रोल पम्पसमेत रहेको प्रहरीले जनाएकाे छ ।

Skip This