Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदै


312
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ता बुधबार हुने भएको छ ।

मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन दर्ता बुधबार बिहान ८ देखि ९ बजेसम्मको लागि समय तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिनुभएको हो । कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ता बाहेक बाँकी तालिका बुधबारका लागि सारिएको थियो । सोही महाधिवेशन यहि पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ। पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच हालसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट विश्राम लिर्नुपर्ने मागमा संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन् ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत नभएका कारण वार्ता निष्कर्ष विहीन भएको छ ।