Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


गगन–विश्वलाई काँग्रेसको चेतावनीः भोलिसम्म समझदारी भए ठिकै छ, नत्र अरु निर्णय लिनुपर्छ


3.1k
Shares

काठमाडौं ।

नेपाली काँग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ ।

मंगलवार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधवार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो । यदी महामन्त्रीद्वयले पार्टीको केन्द्रिय समितिले गरेको बैठकको निर्णय नमाने अन्य निर्णय लिनुपर्ने पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले चेतावनी दिनुभयो ।

वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्नुहुँदै उहाँले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्ने बताउनु भयो । अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको बताउनु भयो । अझै आफूहरु सकारात्मक नतिजा निस्किनेमा आशावादी रहेको बताउनुभयो । समग्र पार्टीलाई जोडेर आम निार्वचनमा जाने र राम्रो परिणाम हाँसिल गरेपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वार्ता र संवाद नेतृत्व तहबाट भइ नै रहेको छ । आज छलफल गर्दै गर्दा पनि हाम्रो कोशिस छलफल गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर जानुपर्छ । त्यसपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्नेमा स्पष्ट छौँ । एकातिर विशेष अधिवेशन भनेर गरिरहँदा हाम्रो नेतृत्वले अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने होइन,अहिले एक हुने बेला हो । त्यही किसिमबाट सम्पूर्ण पार्टीको तलदेखि माथिसम्मको कमिटीलाई आह्वान गरिएको हो ।

अझै पनि सकारात्मक नतिजा निस्किन्छ की भन्नेमा छौँ । पार्टी नेतृत्व समग्र पार्टीलाई जोडेर हामी आम निर्वाचनमा जाऔँ । सबै एकजुट भएपछि पार्टीको पक्षमा राम्रो परिणाम आउँछ । त्यसपछि पार्टीको नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ । अब विग्रहको बाटोमा जानुहुन्न ।

स्वभाविक, मजुबत गर्ने विषयलाई पार्टी केन्द्रिय समितिले समावेश गरेर अघि बढ्नसक्छ । राति बेलुकासम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने नेतृत्वको लचकता रहेको छ ।’ केन्द्रिय कार्य समितिको बैठक बुधवार बिहान पुनः बस्नेछ ।