काठमाडाैं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित गरिएको हो ।
बैठक बुधबार बिहान ८ बजे बस्नेगरी डाकिएकाे छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइरहेका बेला शेरबहादुर देउवा पक्षले पार्टी विभाजन रोक्न वार्ता गर्दै आएको छ । सोहीअनुसार दुबै पक्षले बनाएको वार्ता समितिमार्फत निरन्तर छलफल भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्