Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


विद्युत प्राधिकरणको पोखरा केन्द्रका तत्कालिन प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध मुद्दा


533
Shares

काठमाडाैं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंहसहित चार जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणमा ७० मि.मि.को १७४ मिटर र १२० मि.मि. को ७४६ मिटर पीभीसी तार हराएको विषयमा अख्तियारले १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

तार हिनामिना गरी हानी नोक्सानी पुर्‍याएको आरोपमा सिंहसहित केन्द्रका तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सुरक्षा कार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उनीहरुबाट १३ लाख ९३ हजार ६०३ रुपियाँ बिगो र जरिवाना असुल गर्न तथा कैद सजाय पनि गर्न अख्तियारले माग गरेको छ ।