काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सार्वजनिक गरिएको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति निर्वाचन जितिसकेपछि पार्टी राजनीतिबाट अलग भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम समावेश हुनु उपयुक्त नहुने भन्दै केन्द्रीय निर्वाचन समितिलाई नाम हटाउन आग्रह गरेका हुन्।
भृकुटीमण्डपमा निर्वाचन समितिले टाँस गरेको मतदाता नामावलीमा राष्ट्रपति पौडेलको नाम दोस्रो नम्बरमा उल्लेख छ। सूचीमा उनको पद ‘नेता’ भनेर लेखिएको छ।





प्रतिक्रिया दिनुहोस्