Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


सुमन सायमीसहितका नेता नेकपामा समाहित, काठमाडौं–८ बाट चुनाव लड्ने तयारी


3.7k
Shares

काठमाडौं ।

सुमनसायमीसहितका केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन्। सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ।

चुनाव नजिकिँदै गर्दा सायमी नेकपासँग एकता प्रक्रियामा सहभागी हुन लागेका हुन्। उनले आफू पार्टीसँग एकता प्रक्रियामा रहेको पुष्टि गर्दै ‘भोलि एकता हुँदैछ’ भन्ने जानकारी दिएका छन्। एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिने तयारी छ।

सायमी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। चुनावपछि उनी स्वतन्त्र राजनीतिक अभियानमा सक्रिय रहँदै आएका थिए।

स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा जुटिरहेका सायमीको नेकपासँगको एकतालाई आगामी संसदीय निर्वाचनकाे महत्वपूर्ण राजनीतिक रूपमा हेरिएको छ।