Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


कांग्रेसको विशेष महाधिवेशन: वर्तमान कार्यसमिति भङ्ग गर्न माग गर्दै भृकुटीमण्डपमा प्रदर्शन


1.1k
Shares

काठमाडौं ।
कांग्रेसको विशेष महाधिवेशनका सहभागीहरुले बर्तमान केन्द्रीय समिति भंग गर्न माग गर्दै महाधिवेशनस्थल भृकुटीमण्डप प्रदर्शन गरेका छन् ।

विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरु कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बर्तमान कार्यसमिति भङ्ग गरेर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

कांग्रेस संस्थापनले विशेष महाधिवेशन पक्षधरसंगको वार्तामा खाशै लचकता नदेखाएको खबरसंगै विशेष महाधिवशेन पक्षधरहरुले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनाउन माग गर्दै नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीहरुले गगन–विश्वलाई देउवाको झुटो आश्वासनमा नफस्न चेतावनी समेत दिएका छन् ।