Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


काठमाडौं–४ बाट चुनाव लड्दै राजु पाण्डे, बालेनसँगै राजीनामा दिने तयारी


5k
Shares

काठमाडाैं ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा लागेको चर्चा छ।

उनी मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारीमा रहेको बालेन निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार मेयर शाहले पाण्डेलाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेका छन्।

यता, सेतोपाटीसँग कुरा गर्दै पाण्डेले मेयर शाहले पद छाडेपछि आफू महानगरमा नरहने स्पष्ट पारेका छन्। तर उम्मेदवार बन्नेबारे भने उनले औपचारिक पुष्टि गरेका छैनन्।

मेयर बालेन शाह पनि माघ ४ गते पदबाट राजीनामा दिने तयारीमा रहेको बताइएको छ। काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि उनी उम्मेदवारी दिने तयारीमा छन्। पाण्डेलाई गगन थापासँग भिडाउने र बालेन स्वयं अर्को क्षेत्रमा निर्वाचन लड्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ।