Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


सभापति देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास बाेलाए


10.3k
Shares

nepali congress

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको एक नेताले जानकारी दिए ।

कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक भने केही समयअघि नै देउवा निवास पुगेका थिए । देउवा र दुई नेताबीच छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि बोलाइएकोह हो ।