Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा गरे माल्यार्पण (तस्बिरसहित)


234
Shares

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

राष्ट्रपति पौडेल आइतबार कार्यक्रम स्थलमा पुग्नुभएको समयमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको हाे । सोही समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

यस वर्ष पनि देशैभरी विभिन्न कार्यक्रमका साथ साेही दिवस मनाइँदैछ ।