काठमाडौं ।
उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त हुनुभएकाे छ।
पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
नवनियुक्त अध्यक्ष घिसिङले आफूले आजै पार्टीको सदस्यता लिएको र सोही बैठकबाट अध्यक्षको जिम्मेवारी पाएको जानकारी दिए। बैठकले यसअघि गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको एकता भंग गर्ने निर्णयसमेत गरेको छ।
पार्टीले रास्वपामाथि सहमति कार्यान्वयन गर्न नचाहेको आरोप लगाउँदै एकता तोड्ने निर्णय गरिएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्