Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


विशेष महाधिवेशनको निम्तो देउवाद्वारा अस्वीकार, पत्र नबुझी फर्काइए टोली


6.6k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा सहभागिताको निम्तो अस्वीकार गर्नुभएकाे छ।

महाधिवेशनको निम्तो पत्र लिएर देउवा निवास पुगेका रामपल्टन साह र मोती भण्डारीको टोलीलाई देउवाका स्वकीय सचिवले नै फर्काउनुभएकाे हाे ।

साहका अनुसार देउवाले पत्रसमेत बुझ्न नमान्नुभएकाे छ। भित्र बैठकमा रहेका देउवालाई भेटेर पत्र बुझाउने तयारी भए पनि करिब आधा घण्टासम्म प्रतीक्षा गर्दा पनि उनी बाहिर ननिस्किएपछि स्वकीय सचिव भानु देउवालाई दिएको पत्र फिर्ता गरिएको साहले बताउनुभयाे।

“यस्तो पत्र बोकेर पार्टी सभापतिकहाँ आउन तपाईंलाई लाज लाग्दैन ?” भन्दै भानु देउवाले टिप्पणी गरेको साहले दाबी गर्नुभयाे। उक्त टोलीले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. नारायण खड्कालगायत नेताहरूलाई भने पत्र बुझाएको जनाएको छ।