काठमाडाैं ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको बताउनुभएको छ ।
शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीका भवनहरु जलाइएको, धेरै क्षति गरिएको भएपनि खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिरहेको बताउनुभयो ।
प्रहरी कर्मचारीहरुaले दुःखको अवस्थामा आफ्नो दायित्ववोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रुपमा दिनुपर्ने दायित्ववोधका साथ काम गरिरहेको बताउनु भयो । कुनैपनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लाग्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, जेन–जी आन्दोलनमा यो भवनहरु जलेका, सबै क्षति भएका छन् । खरानीबाट हामी उठेर अब फेरि नागरिकको सुरक्षाका लागि खटिने प्रयत्न गरिरहेका छौँ । यो ट्राफिक प्रहरीले पनि गरेको छ । यि सबै तमाम प्रहरी कर्मचारीहरु दुःखको अवस्थामा आफ्नो दायित्ववोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रुपमा दिनुपर्ने दायित्ववोध गरेर आएका छौँ । कुनैपनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर माथिल्लो तहको नागरिक सुरक्षाको तहमा काम गर्ने प्रण गरौँ ।’
प्रहरी महानिरीक्षक कार्कीले सबैको जिम्मेवारी सभ्य नागरिक बन्ने हुनुपर्ने बताउनु भयो । कानून कार्यान्वयनले कानूनी शासन ल्याउने र कानूनी शासनले सुशासन, सुशासनले समृद्धि र समृद्धिबाट सभ्यता कायम रहने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्