काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
एमालेको शनिवार आयोजित केन्द्रिय कमिटीको बैठकमा उहाँले निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने बताउनुभयो । नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्नुहुँदै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउनुभयो ।
उहाँले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ॅअहिले पनि निर्वाचनको वातावरण बनेको छैन । अहिले पनि राजनीतिक दलका नेताहरुमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयासको परित्याग गर्ने अवस्था बनिसकेको छैन । निर्वाचनको वातावरण बनेको छैन । हामीले सर्वदलिय रुपमा पनि कुराहरु अभिव्यक्ति गरेका छौँ र सरकारका प्रतिनितिहरुको बातचितमा पनि हामीले यी कुराहरु उठाइरहेका छौँ ।
तर अझै पनि निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनेको छैन । पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा त जानैपर्छ । त्यसको लागि पार्टी हमेशा तयार छ । केन्द्रिय समितिको यो बैठक सिंगो पार्टी पंक्तिलाई निर्वाचनको लागी महेशा तम्तयार रहन र यसको लागी आवश्यक तयारी गर्न आह्वान गर्छ । सबै साथीहरुले ध्यान दिनुपर्छ । निर्वाचन हुन त हुन्छ, कतिवेला हुन्छ रु जतिबेला भएपनि हामी निर्वाचनमा सहभागी हुनैपर्छ ।
फागून २१ मा नै हुन पनि सक्छ । एउटा कुरामा हामीले भनेका छौँ र फेरि भन्छौँ । चरण चरणमा विभिन्न चरणमा गर्ने फागुन २१ मा शुरु गरेर भन्ने अनेक प्रकारका खेलहरु स्वीकार्य छैन । एकै चरणमा निर्वाचन हुनुपर्छ । जे गर्ने हो, न्युनतम राजनीतिक सहमतिको साथ निर्णय गर्नुपर्छ । अराजकता, स्वेच्छाधरी ढंगले निर्णयहरु हुनसक्छन्, यसमा हामी चनाखो हुनुपर्छ । हामीले सरकारलाई पनि सचेत गराएका छौँ, जतिबेला भए पनि हामी निर्वाचनको लागि तयारी अवस्थामा छौँ ।’
उहाँले समानुपातिक निर्वाचनको लागी पार्टी सर्वसहमतिले बन्दसूचिमा नाम सिफारिस गरेको जानकारी दिनुभयो । प्रत्यक्ष निर्वाचनको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटिमा केही विवाद देखिएको उल्लेख गर्नुहुँदै उहाँले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्