Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


अमेरिकी हमलामा भेनेजुएलामा सय जनाको मृत्यु


1.2k
Shares

काठमाडौं ।

अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको खुलेको छ ।

अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्क्री डियोसदादो क्याबेलोले अमेरिकी आत्रमणबाट सय जनाको मृत्यु भएको बताएका हुन् ।

शुरुमा ४० जनाको ज्यान गएको भनिएकोमा गृहमन्त्री क्याबेलोले सय जनाको मृत्यु भएको विवरण दिएका हुन् । मारिनेहरु अधिकांश राष्ट्रपति मदुरोको सुरक्षामा खटिएका सैनिक र गुप्तचर अधिकारीहरु रहेको बताइएको छ । यसअघि क्युवाले राष्ट्रपति मदुरोको सुरक्षामा खटिएका आफ्ना ३२ सैनिक मारिएको जनाएको थियो ।

अमेरिकाले गत शनिबार राती १५० वटाभन्दा बढी लडाकू विमान प्रयोग गरी भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरेको थियो भने त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई बन्दी बनाएर अमेरिका लगेको थियो । अमेरिकी सेना राष्ट्रपति मदुरोको निवासमै हेलिकप्टरबाट अवतरण गर्नुका साथै भेनेजुएलाका मुख्य सैनिक अड्डामा बमबारी गरेको थियो ।

अमेरिकाले भने ऊक्त आत्रमणमा आफ्नो एउटा लडाकु विमानमा सामान्य क्षति पुगेको तर उक्त विमान पनि चल्ने अवस्थामा रहेको बताएको थियो ।