Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


राष्ट्र बैंकको ऋणपत्र निष्कासन


208
Shares

काठमाडौं । बैकिङ प्रणालीमा तरलता प्रवाह अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज अर्को ऋणपत्र निष्कासन गरेको छ ।

पछिल्ला १० दिनमा राष्ट्र बैंकले एक खर्ब २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिसकेको छ । आज पनि एकवर्षे अवधिका लागि १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन भएको हो । बोलकबोल मार्फत लगानी गर्न मिल्ने यो ऋणपत्रमा आवेदन दिने समय आज दिउँसो २ बजेसम्म तोकिएको थियो ।

राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी २०८३ पुस २४ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।