Logo २४ पुस २०८२, बिहिबार | Fri Jan 9 2026


कांग्रेसकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगाे लगाउने बारेमा छलफल हुने

208
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगाे लगाउने भएको छ।

कांग्रेसले जसका लागि पार्टी मुख्यालयमा सानेपामा मंगलबार दिउँसाे १ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाएकाे हाे। बैठकले उम्मेदवार छनोट र अन्य राजनीतिक दलसँगको चुनावी तालमेलकाे बारेमा निर्णय गर्ने भएकाे छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको बताउनुभयाे।

राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो। बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुने भएकाे छ।

निर्वाचनमा निर्णायक मतभार रहेका सबै दलहरूसँग सहमतिको प्रयास भइरहेकाले साेही बैठक निर्णायक हुने कांग्रेसले जनाएको हाे ।