Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


देउवाले पार्टी विधानको बाध्यकारी व्यवस्था लत्याउन खोजेपछि कांग्रेसमा विशेष महाधिवेशनको तयारी

जनताको विश्वास कायम गर्न विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको तर्क

741
Shares

काठमाडाैं। नेपाली कांग्रेसमा नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशन तयारी शुरु भएको छ।

यहि पुस ६ देखि २८ गतेसम्म १५ औँ राष्ट्रिय महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका कार्यक्रमहरु अघि नबढाइएपछि विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनका तयारी थालेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले यहि पुस २८ गतेसम्म महाभिवेशहन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था समेत लत्याउन खोजेको कारण विशेष महाधिवेशनको तयारी अघि बढाइएको पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताउनुभयो । उहाँले बिहीबार संचारकर्मीसँग कुरा गर्दै बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको स्मरण समेत गर्नुभयाे। सोहीअनुसार महाधिवेशन गरेर पार्टीको नीति, नेतृत्व र कार्यदिशा तय हुनुपर्ने उहाँकाे भनाइ छ। उहाँले महाधिवेशन रोक्नकै लागि क्रियाशीलका सम्बन्धमा नियतवस विवाद सिर्जना खडा गरिएको उल्लेख गर्दै १५ औं महाधिवेशनमा समेत १४औं महाधिवेशनका प्रतिनिधिहरुमार्फत नेतृत्व चयन गरिने बताउनुभयो ।

१४औं महाधिवेशनका प्रतिनिधिहरुले नै पार्टीको नयाँ नीति र कार्यदिशाहरुका सन्दर्भमा छलफल गरेर आउने निष्कर्ष नै पार्टीको अगामी कार्यदिशाको रुपमा अगाडि बढ्ने नेत शिवाकोटीले जिकिर गर्नुभयो । महाधिवेशनको अध्यक्षताको लागि पार्टी सभापतिलाई अनुरोध गरिने समेत उहाँले बताउनुभएकाे छ । उहाँले पार्टी महामन्त्री गगनकुमार थापा प्रतिवेदन तयारीमा लागिसकेको उल्लेख गर्दै पार्टीको विधानअनुसार सबैलाई मिलाएर विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । कांग्रेसको १४ औं महाधिवेशनमा रहेका ४ हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्ण खड्कालाई हस्ताक्षर बुझाएका थिए । सोहीअनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढेकाे भन्दै उहाँले सबै प्रतिनिधिहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरिएको पनि बताउनुभयो ।

नेता शिवाकोटीले कांग्रेस जस्तो लोकतान्त्रि पार्टीले आन्तरिक लोकतन्त्रको लागि आवश्यक गृहकार्य नगर्दा समस्या हुने भन्दै जनताको विश्वास कायम गर्न विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको बताउनुभएकाे छ।