Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


पूर्वगृहमन्त्री लेखकमाथिको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने जाँचबुझ आयोगकाे निर्णय (पत्रसहित)


273
Shares

काठमाडौं। गत भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

आयोगको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमण र काठमाडौं उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जनाएकाे हाे। यसअघि अनुसन्धानको सिलसिलामा आयोगले गत असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो। घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएकाे छ। आयोगले आफ्नो बयान प्रक्रिया सकिएसँगै लेखकमाथिको कानूनी बन्देज खुला गरेको हो ।

यस निर्णयको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्ति पूर्वगृहमन्त्री लेखकलाई समेत पठाइएको छ।