काठमाडाैं। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले जनमत संग्रहकाे बारेमा निर्णय लिन सरकारले आगामी आइतबारसम्मको समय मागेको बताउनुभएको छ।
सिंहदरबारमा बिहीबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आइतबारसम्मको अल्टिमेटम दिनुभएको हो । सरकारले आगामी आइतबारसम्म पनि आफूहरुका माग र जनमत संग्रहकाे बारेमा निर्णय नलिए आन्दोलन संयोजक प्रसाईले चेतावनी दिनुभयो । उहाँले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताउनुभएकाे छ । उहाँले सरकार जेनजीका मागहरु त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताउनुभयो । सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने उहाँले चेतावनी दिनुभएकाे छ ।
संयोजक प्रसाईले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताउनुभयो। आफूहले सरकारलाई लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको उहाँकाे भनाइ छ।





प्रतिक्रिया दिनुहोस्