Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


केपी ओलीलाई बयानका लागि पत्र काट्ने जाँचबुझ आयोगकाे तयारी

'यदि ओली बयान दिन नआए त्यतिबेलै कुरा हुन्छ '

221
Shares

काठमाडाैं। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

सिंहदरबारमा बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्ने बारेमा जिज्ञासा राख्नुभएको र आफूले जानकारी गराएको बताउनुभयो । उहाँले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि बताउनुभएकाे छ। उहाँले नेपाली कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसको पनि बताउनुभयो ।

अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि आउनुभएन भने त्यहीं समयमा थप निर्णय हुने पनि बताउनुभएकाे छ।