Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको अध्यक्ष लिङ्देनकाे दावी

अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने लिङ्देनकाे प्रतिवद्धता

221
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दावी गर्नुभएको छ।

काठमाडौंमा बुधबार आयाजित राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो । उहाँले एजेण्डा जस्तै देशैभरी पार्टीको स्वीकार्यता बढाउनेगरी संगठीत भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ। उहाँले राप्रपामा समाहित राप्रपा नेपालका अध्यक्ष कमल थापानालाई विगतका कुराहरु सम्झिएर अन्यथा नलिन आग्रह गर्दै अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विगतका घटनाहरुलाई नराम्रो सपना सम्झेर बिर्सिदिन समेत आग्रह गर्नुभएकाे छ। उहाँले राप्रपाले सामना गर्नुपर्ने चुनौतीहरू थुप्रै रहेको उल्लेख गर्दै ती चुनौतीहरुको सामना गर्न विचार मिल्ने सबै व्यक्ति र समूहलाई एकतामा आउन समेत आह्वान गर्नुभयो ।

अध्यक्ष लिङ्देनले अगामी प्रतिनिधि सभा निर्वाचनमा आगामी प्रतिनिधि सभा निर्वाचनमा राप्रपालाई प्रमुख राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्ने दावी पनि गर्नुभएकाे छ।

Skip This