Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सरकारले भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजेकाे प्रवक्ता महतको आरोप

भदौ २३ गते जेनजी आन्दोलनमाथि सरकारी रबैया गलत !

325
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत भदौ २३ गते जेनजी आन्दोलनमाथि सरकारी रबैया गलत रहेको बताउनुभएको छ।

काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिनुभएको हो । प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी र लुटपाट जस्ता घटनालाई वैधानिकता दिन खोजेको आरोप लगाउँदै आपत्ति समेत जनाउनुभयो । उहाँले त्यस्ता अपराधिक घटनालाई सरकारले संरक्षण गर्ने र वैधानिक दिने काम गर्‍यो भने मुलुकमा फेरी पनि त्यस्ता घटना दोहोरिने समेत स्पष्ट पार्नुभएकाे छ।

प्रवक्ता महतले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धि दिनका लागि भदौ २४ को घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने काममा सरकारले ढिलाई गर्न नहुने बताउनुभयो।