Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


४ वर्षपछि देशैभरीको संगठनसहति मूल घरमा फर्किएँ: अध्यक्ष थापा

पार्टी एकतामा कुनै स्वार्थ नभएकाे दावी

247
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ ।

काठमाडौंमा बुधबार एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वर्षौंपछि घर फर्किएको अनुभूति भइरहेको बताउनुभयो । उहाँले २०७८ सालको ऐतिहासित महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट अलग एक्लै अलग्गिएको भएता पनि देशैभरीको संगठनसहति घर फर्किएको जिकिर गर्नुभएकाे छ। उहाँले आफूमाथि लाग्दै आएको गीताको कसम खाएर पनि पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दावी गर्नुभयो । उहाँले यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गर्नुभएकाे छ।

अध्यक्ष थापाले गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप असत्य आरोपहरु निराकरण भइसकेको आफ्नो विश्वास रहेको पनि बताउनुभयो । उहाँले इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि बताउनुभएकाे छ। २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छोड्नुभएको थियो । ४ वर्षपछि दुवै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः मूल राप्रपामा फर्किनुभएको हो ।

अध्यक्ष थापाले राजनीतिक दलहरुको अकर्मण्यताका कारण मुलुक आज समस्या नै समस्याको दलदलमा फसेको आरोप पनि लगाउनुभयो।