काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने निर्वाचनमा चालु बजेटबाटै खर्च जुट्ने बताउनभुएको छ।
काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर निर्वाचनमा खर्च जुटाएको बताउनुभएकाे हाे। उहाँका अनुसार करिब १ सय २० अर्ब तयारी पूरा नभएका आयोजनाहरुको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको बताउनुभयो । ती आयोजना मध्ये केहीमा टेण्डर भएका र हुने क्रममा रहेका आयोजनाहरुको भने फुकुवा गरिएको छ।
फुकुवा नभएका आयोजनामा रहेको बजेटबाट सरकारले निर्वाचन र पुनर्निमाणको काम गर्नेछ । अर्थमन्त्री खनालका अनुसार चुनावमा भारत र चीनको सहयोग लिइँदैछ । छिमेकी देशहरुले खुला दिलले सहयोग गर्ने बताएकाले भारतर चीनबाट चुनावमा सहयोग लिन लागिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार त्यो सहयोग आर्थिक सहयोग भने होइन, चुनावमा आवश्यक पर्ने कतिपय सवारीहरु भारत र चीनले दिँदैछन् ।
उहाँले ४-५ अर्ब बराबरको भेइकल र इकुमेन्टहरु भारत-चीनबाट चुनावका लागि सहयोग लिइएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले निर्वाचनमा नेताहरुले विकासका आश्वासन बाडेर जित्दा योजनाहरुमा बजेट पार्न आयोगमा दबाब आउने गरेको बताउनुभयो । उहाँका अनुसार भोटरहरुलाई अनेक आश्वासन दिने र निर्वाचन जितेपछि पूर्वतयारी बिनाका आयोजनाहरुमा बजेट छुट्याउन दबाब आउने गरेको छ।
उपाध्यक्ष श्रेष्ठले स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पनि रिफर्म जरुरी बताउनुभयाे।





प्रतिक्रिया दिनुहोस्