Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


ओखलढुंगामा दम्पतीको शव भेटियो


793
Shares

काठमाडौं ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा शोभित थापा मगर र उनकी पत्नी रत्नमाया थापा मगर मृत अवस्थामा फेला परेका छन्। वडा अध्यक्ष बलराम कटवालका अनुसार, दुवैजनाको हत्या गरिएको हुनसक्ने आशंका छ।

स्थानीयका अनुसार, घर बाहिर रगत लागेको थियो र बिहानसम्म पसल नखोलिएपछि शंकास्पद परिस्थितिमा शव फेला परेको हो। श्रीमान्–श्रीमतीको शव घर नजिकैको मतानको घाँस थुपारेको स्थानमा लुकाइएको अवस्थामा भेटिएको थियो।

घटनाको जानकारी पाएसँगै निशंखे प्रहरी चौकी र जिल्लाबाट सुरक्षाकर्मी तथा अनुसन्धान टोली घटनास्थलतर्फ पुगेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।