काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । आज सुनकाे मूल्य प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, यस दिन चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्