Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा रास्वपाको समानुपातिक सूचीमा


6.6k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक उम्मेदवार सूचीमा समावेश गरेको छ।

रचना खतिवडा खस आर्य महिला क्लस्टरअन्तर्गत नवौं नम्बरमा रहेकी छन्। उक्त क्लस्टरमा पहिलो नम्बरमा प्रतिभा रावल रहेकी छन् भने त्यसपछि क्रमशः विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल र मञ्जु भूसालको नाम सूचीकृत छ।

मञ्जु भूसालपछि रचनाको नाम उल्लेख गरिएको छ। खतिवडाले आफ्नो नाम रास्वपाको समानुपातिक सूचीमा परेको पुष्टि गरेकी छन्। उनका अनुसार केही समयअघि रास्वपा सभापति रवि लामिछानेले स्वयं भेटेर राजनीतिमा आउन आग्रह गरेका थिए। “आफ्नो छोराको न्यायका लागि तपाईं राजनीतिमा आउनुपर्छ भन्नुभएको थियो,” खतिवडाले भनिन्। जेनजी सहिद रसिक खतिवडा काभ्रेका हुन्।

Skip This