Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?


1.8k
Shares

काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ ।

आइतबार दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

आइतबार भने चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।