Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


भलिबलमा महिलातर्फ एपीएफ क्लबकाे लगातार दोस्राे जित

सुदूरपश्चिम प्रदेश भने ३-० को सोझो सेटमा पराजित

104
Shares

काठमाडौं । काठमाडौंमा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ एपीएफ क्लबले लगातार दोस्राे जित निकालको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा आइतबार भएको दाेस्राे खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। खेलमा एपीएफले क्लब २५–६, २५–११ र २५–१२ को सहज जित निकालेको छ। जितसँगै एपीएफ च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेको हाे। सुदूरपश्चिमले भने लगातार दोस्रो हार व्यहाेरेकाे हाे।

त्यस्तै, महिलातर्फ आइतबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेकाे छ। आर्मीले २४–१६,२५–१२,२५–९ ले खेल जितेको हो । आर्मी पनि लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल नजिक पुगेको हाे।