Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


आइतबार सुनको मूल्य प्रतिताेलामा २ लाख ७० हजार ६०० रुपैयाँमा काराेबार


494
Shares

काठमाडौँ ।

नेपाली बजारमा साता पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य २ लाख ७० हजार कायम हुँदा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो भने चाँदीको ४ हजार ५६५ रुपैयाँ थियो ।