Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


मोरङमा गाँजा तस्करी नियन्त्रणका लागि हवाई फायर, दुई भारतीय पक्राउ


143
Shares

विराटनगर ।

मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा तस्करी नियन्त्रणका क्रममा प्रहरीले हवाई फायर गरेको छ। शनिबार राति प्रहरीले ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

जहदा गाउँपालिका–२ तारिगामा राति करिब १०: ३० बजे प्रहरी देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई जना भाग्न खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्। मोरङ प्रहरी प्रमुख कवित कटवालले हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।