Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


नवौं राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस र हेल्प नेपाल स्पोर्टस् क्लब विजयी


143
Shares

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एनभिए महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएकाे पहिलाे खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय टिमकी उषा भण्डारी र पुनम चन्द सम्मिलित पुलिसले सहज जित निकाल्दा पहिलो सेट २५–१० दोस्रो सेट २५–६ र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पारेको हो । योसँगै समूह ‘बी’ मा पुलिसले तीन अंक हासिल गरेको छ।

साथै शुक्रबार नै भएको दाेस्राे खेलमा साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लवले विभागीय टोली एपीएफ क्लबमाथि सकसपूर्ण जित निकालेका छ। राखेपको कभर्डहलमा भएको खेलमा हेल्प नेपालले ३–० को सेटमा जित हात पारेको हो । योसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले ३ अंक हासिल गरेके छ।

निकै प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले पहिलो सेट २५–२१ ले जिेतेको थियो भने दोस्रो सेट २५–२० ले जितेको थियो । यस्तै तेस्रो सेट हेल्प नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो।

Skip This