Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


जाँचबुझ आयोगमा बयान दिन जाने तत्कालिन गृहमन्त्री लेखककाे निर्णय


312
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं तत्कालिन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता लेखकले आयोगमा उपस्थित भएर बयान दिने बताउनुभएको हो। जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको उहाँले बताउनुभयो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको थियो । आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।