काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया शुरु गरेको छ।
समानुपातिक उम्मेदवारका आकांक्षीहरूबीच ‘ब्लु प्रिन्ट’ र ‘शून्य समय’ कार्यक्रममार्फत प्रस्तुतीकरणको चरण बिहीबार र शुक्रबारसम्म सञ्चालन हुने प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे। प्रतिस्पर्धामा करिब ४ सय जना आकांक्षी सहभागी रहेको उहाँले बताउनुभयाे।
रास्वपाले प्रतिस्पर्धा र प्रस्तुतीकरणको कार्यक्रमहरू काठमाडौं गोङ्गबुस्थित बिजी ब्यांक्वेटमा जारी रहेको जनाएकाे छ। प्रस्तुतीकरणपछि दुई दिनभित्र प्रारम्भिक निर्वाचन अन्तर्गत आन्तरिक मतदान गरिने भएकाे हाे।






प्रतिक्रिया दिनुहोस्