Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


द रोलिङ स्टोन्सकी बितिशाले जितिन् स्वर्ण र रजत (तस्वीरसहित)


169
Shares

काठमाडौं ।
काठमाडौंको भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलकी छात्रा बितिशा तामाङले भारतको पश्चिम बंगालमा आयोजित तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।

कक्षा ५ मा अध्ययनरत १० वर्षिया बितिशाले कोलकातामा आयोजित नवौं इन्डिया टीआईए ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा स्वर्ण जित्नुभएको हो । साथै उहाँले त्यस प्रतियोगिताअन्तर्गत पुम्सेमा रजत पदक पनि जित्नुभएको थियो । प्रतियोगिता यही डिसेम्बर २१ देखि २३ तारिखसम्म भएको थियो ।

बितिशाले आफ्नो समर्पण, अनुशासन र उत्कृष्ट प्रदर्शनले विद्यालयलाई ठूलो सम्मान दिन पाएकोमा निकै खुशी भएको बताउनुभयो । विद्यालय परिवारले पनि यो उल्लेखनीय उपलब्धिको लागि बधाई दिएकोमा पनि उहाँले आभार व्यक्त गर्नुभयो ।

जैशीदेवल तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेश प्रजापतिले पनि बितिशाको मिहिनेतले पदक आएको भन्दै खुशी व्यक्त गर्नुभयो । प्रमुख प्रशिक्षक प्रजापतिले आगामी भविष्यमा बितिशाबाट देशकै लागि पदक आउन सक्ने विश्वास लिनुभएको छ ।