काठमाडौं ।
काठमाडौंको बौद्धस्थित आध्यात्मिक शान्तिको केन्द्रमा अवस्थित उत्पला क्याफेले भोली बिहीवार साँझ विशेष ‘थाकखोला थाकाली शाकाहारी शीतकालीन डिनर बुफे’ आयोजना गर्ने भएको छ ।
थाकखोला क्षेत्रको परम्परागत थाकाली खाद्य संस्कृतिमा आधारित यस बुफेमा धान, जौ, कोदो, दाल, सागसब्जी, अचार तथा मौसमी तरकारीलाई प्राथमिकता दिँदै करिब २५ प्रकारका शाकाहारी परिकार प्रस्तुत गरिने क्याफेले जनाएको छ ।
कार्यक्रमको मुख्य विशेषता थाकाली भान्साको मौलिक स्वाद र पोषण सन्तुलनलाई जस्ताको तस्तै प्रस्तुत गर्नु रहेको छ । बुफेमा विभिन्न प्रकारका भात तथा अन्न, तीन शैलीका दाल, स्थानीय साग–तरकारी, परम्परागत थाकाली अचार, जौ–आधारित सलाद बार, सूप बारका साथै लाइभ थाकाली टेपान्याकी काउन्टर समेत समावेश गरिएको छ।
उत्पला क्याफेका अनुसार यो कार्यक्रम सामान्य रेस्टुरेन्ट बुफेभन्दा फरक, एक क्षेत्रीय खाद्य अनुभवका रूपमा डिजाइन गरिएको बताइएको छ । यसको उद्देश्य थाकाली खाद्य परम्परा, शाकाहारी जीवनशैली तथा हिमाली अन्न संस्कृतिलाई काठमाडौंमा जीवन्त रूपमा प्रस्तुत गर्नु रहेको क्याफेले स्पष्ट पारेको छ ।
शीतकालीन मौसमलाई लक्षित गर्दै आयोजना गरिएको यस विशेष डिनर बुफेले स्वास्थ्यप्रेमी तथा परम्परागत नेपाली खानाका पारखीलाई आकर्षित गर्ने क्याफेले अपेक्षा गरेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्